मन्त्री श्रेष्ठद्वारा बुद्धिचाल खेलाडीको बिदाइ

काठमाडाैं | साउन १०, २०७९

मन्त्री श्रेष्ठद्वारा बुद्धिचाल खेलाडीको बिदाइ

 

काठमाडौँ:   ४४औँ बुद्धिचाल ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ । 

  

 भारतको चेन्नईमा यही साउन १२ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने बुद्धिचाल खेलाडी टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले उच्च मनोबलका साथ सहभागी हुँदै विजय हासिल गर्नका लागि शुभकामना दिनुभएको हो ।  सन् २००४ मा स्पेनमा सम्पन्न ३६औँ बुद्धिचाल ओलम्पियाडदेखि लगातार सहभागी नेपालको पुरुष टोलीमा पुरुषोतम चौलागाईं, रुपेश जयसवाल, क्षितीज भण्डारी, विवेक थिङ र मिलन लामा रहेका छन् । धनबहादुर बोगटीले नेपाली टोलीको नेतृत्व गर्नेछन् ।

    

त्यसैगरी सन् २०१४ मा नर्वेमा सम्पन्न ४१औँ बुद्धिचाल ओलम्पियाडबाट यात्रा थालनी गरेको नेपाली महिला टोलीमा सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमाल छन् । महिला टोलीको जिम्मेवारी भने भुपेन्द्र निरौलाले पाएका छन् । टोली व्यवस्थापक रुपमा नेपाल बुद्धिचाल सङ्घका महासचिव धरमबहादुर लामा रहेका छन् । सङ्घका सचिवद्वय उमेश केसी र मोनालिशा खम्बु ४४औँ बुद्धिचाल ओलम्पियाडमा आर्विटरका रुपमा सहभागी हुँदैछन् ।  

    

त्यसैगरी यही साउन १५ देखि २४ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल महासङ्घ (फिडे) को ९३औँ फिडे कंग्रेसमा नेपालका तर्फबाट नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष विदुरप्रसाद गौतमले प्रतिनिधित्व गर्नेछन् । कांग्रेसले फिडेको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्नेछ । कंग्रेसअन्तर्गत आयोजना हुने विभिन्न बैठकमा सहभागिताका लागि नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्ष नारायणदास गमाल, कोषाध्यक्ष ज्ञानेन्द्र महर्जनसहितको टोली बुधबार चेन्नई प्रस्थान गर्नेछ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको घोषणा गर्नुभएको छ ।   आइतबार बिहान ११ बजे सिंहदरबारस्थित निर्मा...

थप पढ्नुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ।   निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...

थप पढ्नुहोस्

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्